३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सद्वारा गोटाबाया राजापाक्षेलाई शरण दिन ‘अस्वीकार’



अ+ अ-

माले/कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको विरोधमा कडा विरोध सुरु भएपछि मालेको सरकार पनि ब्याकफुटमा आएको छ । माल्दिभ्सका एक शीर्ष अधिकारीले आफ्नी श्रीमतीसँगै गोटाबाया राजपक्षे ‘ट्रान्जिट’ का लागि मात्र माले आइपुगेको र अर्को यात्राको लागि अर्को देशमा उड्ने बताएका छन्।

यसअघि श्रीलंकाको वायुसेनाले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति राजापाक्षेलाई माल्दिभ्स पठाएको बताएको थियो। श्रीलंकामा जनताले कडा विरोध गरिरहेका छन् र अहिलेसम्म गोटाबाया राजापाक्षेले राजीनामाको घोषणा गरेका छैनन्। जनताले श्रीलंकाका राष्ट्रपतिलाई दिउँसो १ बजेसम्मको समय दिएका थिए ।

श्रीलंकामा बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै संकटकाल लागू गरिएको छ । माल्दिभ्सका अधिकारीले गोटाबाया राजापाक्षेले कुन देशमा शरण लिनेछन् भन्ने कुरा भने खुलाएनन्। यसअघि अमेरिकाले गोटाबाया राजापाक्षेलाई भिसा दिन अस्वीकार गरेको थियो ।

योसँगै भारतले गोटाबायालाई देशबाट भाग्न सहयोग गरेको कुरालाई पनि कडाइका साथ अस्वीकार गरेको छ । भारतले गोटाबाया राजापाक्षेलाई देशबाहिर सहयोग गरेको समाचारलाई निराधार र अड्कलबाजीको संज्ञा दिएको छ । श्रीलंकामा भारतीय उच्चायोगले ट्विटरमा स्पष्टीकरण दिँदै धेरै मिडिया आउटलेटहरूद्वारा गरिएका यस्ता दाबीहरूलाई खण्डन गरेको छ।

गोटाबायाले आफ्नो राष्ट्रपतिको शक्तिको प्रयोग गरी वायुसेनाको विमान प्रयोग गरेको बताइएको छ । यसका लागि उनले रक्षा मन्त्रालयबाट स्वीकृति लिएका थिए ।

राष्ट्रपति गोटाबायाको राजीनामाको पत्र आज दिउँसो श्रीलंकाको संसद्का सभामुख समक्ष पुग्न सक्ने बताइएको छ । त्यसपछि सभामुखले आफ्नो राजीनामाबारे सञ्चारमाध्यम र आमजनतालाई जानकारी दिनेछन् ।

यसैबीच प्रदर्शनकारीहरूले राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिङ्घे दुवैविरुद्ध दिउँसो राजीनामा नगरे निर्णायक युद्ध लड्ने चेतावनी दिएका छन् । यसैबीच हजारौँ प्रदर्शनकारी संसद् र प्रधानमन्त्री रनिलको घर पुगेका छन् ।

देशका विभिन्न भागबाट मानिसहरु श्रीलंका पुगेको बताइएको छ । राष्ट्रपति गोटबायाले कायरतापूर्ण काम गरेर देश छाडेर गएको एक विद्यार्थीले बताए ।

मोहम्मद नासिदले गरे गोटाबाया राजापाक्षेलाई मद्दत

गोटाबायालाई माल्दिभ्सको संसद्का सभामुख तथा पूर्वराष्ट्रपति मोहम्मद नासिदले विमानस्थलमा स्वागत गरेको बताइएको छ ।
माल्दिभ्सका श्रोतका अनुसार नासिदले राष्ट्रपति राजापाक्षेलाई कोलम्बोबाट भाग्न मद्दत गरेका थिए ।

स्रोतका अनुसार माल्दिभ्स सरकारले राजापाक्षे अझै पनि श्रीलंकाको राष्ट्रपति रहेको तर्क गरेको छ । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् वा आफ्नो अधिकार उत्तराधिकारीलाई हस्तान्तरण गरेका छैनन्। त्यसैले यदि उनी माल्दिभ्स आउन चाहन्छन् भने यसलाई नकार्न सकिँदैन ।

श्रीलंका र माल्दिभ्स बीच धेरै घनिष्ठ सम्बन्ध

मोहम्मद नासिदको श्रीलंकाका सबै नेताहरूसँग घनिष्ठ सम्बन्ध छ। यति मात्र होइन श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले मोहम्मद नासिदलाई विदेशी ऋण लिनका लागि संयोजक नियुक्त गरेका छन् । श्रीलंका र माल्दिभ्सबीचको सम्बन्ध निकै घनिष्ट छ ।

श्रीलंकाले निर्वासनमा रहेका माल्दिभ्सका नेताहरूलाई बारम्बार शरण दिएको छ। ठीक १० वर्षअघि माल्दिभ्समा ठूलो हिंसापछि मोहम्मद नासिदकी श्रीमती र छोरीहरू कोलम्बो भागेका थिए।

राजपाक्षे परिवारले मोहम्मद नसिदको परिवारप्रति चिन्ता व्यक्त गरेको थियो । गोटाबायाको राजीनामाले पनि संकट समाधान हुँदैन । अहिले नयाँ सरकार गठनमा धेरै समस्या छन् ।