• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

श्रीलंका संकट : प्रधानमन्त्री रनिल विक्रमासिंघेको घर नजिकै पुगे प्रदर्शनकारी, देशमा संकटकाल लागू



कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोमा अराजकताको माहोल छ । श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । बुधबारदेखि जनता अनियन्त्रित भएर सडकमा निस्किएका छन् । पछिल्लो समाचारमा देशमा संकटकाल लगाइएको छ ।

कोलम्बोमा बुधबार राति भएको ‘गोटागोगामा’ विरोध प्रदर्शनमा चार जना प्रदर्शनकारी घाइते भएको खबर छ । घाइतेहरूलाई कोलम्बोको नेसनल अस्पतालमा भर्ना गरिएको छ। उनीहरुको टाउकोमा चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार विरोध स्थलमा दुई संगठनबीच झडप भएको थियो र त्यसपछि हात हालाहालको स्थिति भएको थियो । घाइतेहरुको उमेर १५, १७, १८ र २० वर्ष रहेको बताइएको छ । उनीहरु सबै कोलम्बो र भेलाम्पिटियाका बासिन्दा हुन् ।

प्रधानमन्त्री निवास नजिकै प्रदर्शनकारीहरु

प्रदर्शनकारीहरू प्रधानमन्त्री रनिल विक्रमासिङको सरकारी निवास नजिकै उपस्थित छन्। उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेको खबर आएपछि देशको अवस्था बिग्रिएको छ ।

अहिले आन्दोलनकारीले संसद् घेराउ गर्न खोजिरहेका छन् । राष्ट्रपति राजापाक्षे आफ्नी श्रीमती र दुई अंगरक्षकका साथ श्रीलंकाको वायुसेनाको विमानमा माल्दिभ्स आइपुगेको खबर छ।

समाचार एजेन्सी एपीले एक अध्यागमन अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपतिले दबाबमा राजीनामा दिन भनेको भए पनि सभामुख उनको राजीनामाको पर्खाइमा थिए भनेको छ।

माल्दिभ्स सरकारले के भन्यो

गोटबायाले यसअघि जुलाई १३ गते पदबाट राजीनामा दिने बताएका थिए । राजीनामा दिएपछि प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने थिए । नयाँ राष्ट्रपति चयन नभएसम्म उनी यही पदमा रहनेछन् ।

तर जुलाई ९ मा विक्रमासिंघे आफैँले ट्विट गर्दै सर्वदलीय सरकारको बाटो खोल्न प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका थिए ।

गोटाबाया राजापाक्षेले माल्दिभ्सको संसद्का सभामुख र पूर्वराष्ट्रपति मोहम्मद नासिदसँग वार्ता गरिरहेको स्रोतले बताएको छ । ७३ वर्षीय गोटाबायालाई जनताले देशको आर्थिक अवस्था बिगारेको आरोप लगाएका छन् ।

माल्दिभ्स सरकारले राजापाक्षे अझै पनि देशको राष्ट्रपति रहेको र यस्तो अवस्थामा उनले देश आउन चाहेमा अस्वीकार गर्न नसकिने बताएको छ ।

दाजुभाइले सबै बिगारे

गोटाबाया ७६ वर्षीय महिन्दा राजापाक्षेका भाइ हुन्। महिन्दाले सन् २००५ देखि २०१५ सम्म देशमा शासन गरेका थिए । गोटाबायाले महिन्दा राजापाक्षेको कार्यकालमा रक्षा मन्त्रालय सम्हालेका थिए ।

महिन्दालाई तमिल विद्रोहीको नामले चिनिने (एलटीटीई) लिट्टेको मुलुकमा तीन दशक पुरानो शासनको अन्त्य गर्ने श्रेय जान्छ ।

भनिन्छ कि राष्ट्रपतिका रूपमा महिन्दाले निर्दयी तरिकाहरू प्रयोग गरेर लिट्टेको कमर भाँचे। तर उनको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ र सर्वसाधारणको ज्यान गएको पनि बताइएको छ ।

महिन्दा राजापाक्षेको पालामा चीनले अर्बौं डलर ऋण लिएको थियो ।

सन् २०१५ मा महिन्दा राजापाक्षेलाई नाटकीयरूपमा सत्ताबाट हटाइयो। तर सन् २०१९ मा दुवै दाजुभाइले फेरि कमब्याक गरे । जहाँ गोटाबायाले राष्ट्रपतिको पद पाए भने महिन्दा राजापाक्षेलाई देशको प्रधानमन्त्री बनाइयो।