• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

अर्थमन्त्रीको अक्षमता लुकाउन गभर्नरको कुरा उछालियो– एमाले



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राजीनामा दिइसकेका अर्थमन्त्री जनार्दन शर्माको अक्षमता लुकाउन नेकपा (माओवादी केन्द्र) ले गभर्नरको मुद्दा उछालेको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा एमाले सांसद कृष्णभक्त पोखरेलले अर्थमन्त्री शर्माको अपराध लुकाउन माओवादी केन्द्रले एम अधिकारीको कुरा उठाएको बताउनुभयो ।

उहाँले अर्थमन्त्रीको अक्षमता ढाकछोप गर्न माओवादीले एम अधिकारी नै राष्ट्र बैंकको गभर्नर हो भनेको बताउनुभयो । स्वयं गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कुनै पार्टीमा संलग्नता नरहेको भनिसकेको अवस्थामा यसमा विवाद गर्नुको कुनै अर्थ नभएको सांसद पोखरेलको भनाइ थियो ।

सांसद पोखरेलले अवैध अर्बौं रकम लुकाउन गरिएको आग्रहलाई अस्वीकार गर्दा गभर्नर अधिकारीलाई निलम्बन गरिएको आरोप लगाउनुभयो ।