५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीको अक्षमता लुकाउन गभर्नरको कुरा उछालियो– एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राजीनामा दिइसकेका अर्थमन्त्री जनार्दन शर्माको अक्षमता लुकाउन नेकपा (माओवादी केन्द्र) ले गभर्नरको मुद्दा उछालेको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा एमाले सांसद कृष्णभक्त पोखरेलले अर्थमन्त्री शर्माको अपराध लुकाउन माओवादी केन्द्रले एम अधिकारीको कुरा उठाएको बताउनुभयो ।

उहाँले अर्थमन्त्रीको अक्षमता ढाकछोप गर्न माओवादीले एम अधिकारी नै राष्ट्र बैंकको गभर्नर हो भनेको बताउनुभयो । स्वयं गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कुनै पार्टीमा संलग्नता नरहेको भनिसकेको अवस्थामा यसमा विवाद गर्नुको कुनै अर्थ नभएको सांसद पोखरेलको भनाइ थियो ।

सांसद पोखरेलले अवैध अर्बौं रकम लुकाउन गरिएको आग्रहलाई अस्वीकार गर्दा गभर्नर अधिकारीलाई निलम्बन गरिएको आरोप लगाउनुभयो ।