१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन हुनुपर्छ: माओवादी (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर अधिकारी नेकपा (एमाले) को अन्तर पार्टी निर्देशन (अपानि) मा अर्थ विभागमा संलग्न आशंका गर्दै सो सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभयो ।

एमालेको अपानिमा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनी समावेश छ । गभर्नर अधिकारीको घर पनि खोटाङ नै रहेको जनाइएको छ । त्यसैले एम अधिकारी नै गभर्नर अधिकारी भएको आशंका गरिएको छ ।

सांसद शर्माले नेपाल राष्ट्र बैंकको ऐनविपरीत भएको भन्दै गभर्नरमाथि छानबिन हुनुपर्ने भाग गर्नुभएको हो ।