• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

उपसभामुखको निर्वाचन असार ३१ गते



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि यही असार ३१ गतेको दिन तोक्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

उपसभामुखको पद २०७६ माघदेखि रिक्त हुँदै आएको छ । रिक्त रहेको उपसभामुख पदको पूर्तिका लागि सभामुखले निर्वाचन कार्यतालिका दैनिक कार्यसूचीमा राख्न लगाउनुभएको थियो ।