२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता,एकतावद्ध भएर कम्युनिष्टहरु अघि बढ्न चीनकाे सन्देश



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ ।

मंगलवार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनु भयो । उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनु भयो ।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गिय संगठनका बारेमा पनि कुरा भएको बताउनु भयो । उहाँले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताउनु भयो । अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरु सँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गर्नुभयो । लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिव्पक्ष बीचको भेटवार्ता फलदायी भएको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘सम्बन्धलाई कसरी हामी अझै बलियो र बिस्तार गर्नसक्छौं भन्नेकुरा मेरो तर्फबाट भयो । नेपालले चीनबाट र चीनले नेपालबाट पारस्परिक रुपमा सिक्नुपर्ने कुराहरु छन्, त्यसको निम्ति पार्टीका जन वर्गीय संगठन लगायतका बारेमा छलफल भए । हामीले नेपाल एक चीन नीतिमा दृढ छ । चीनको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप नेपालको वहसमा छैन ।

नेपाल अरुलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन । हामीले चीनसँग कुनै समस्या पाएका छैनौँ । यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए । चिनियाँ पक्षले पनि नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरु सँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको कुरा गर्नुभयो । नेपाललाई पहिलो महत्व दिएको कुरा पनि गर्नुभएको छ । कुरा अत्यन्त राम्रो भएको छ । सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेका छाँै । एकतामा नै बल हुन्छ, एकतावद्ध भएर नै कम्युनिष्ट पार्टीहरु अघि बढुन् भन्ने कुरा राख्नुभयो । चीनको सुरक्षा चासोका बारेमा हामीले स्पष्ट पार्ने काम गरेका छौँ ।’

अध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राख्नुभएको बताउनु भयो । उहाँले चिनियाँ पक्षले राखेको सुरक्षा चासोको बारेमा स्पष्ट गर्ने काम भएको बताउनु भयो ।

गत आईतवार ४ दिने नेपाल भ्रमणमा आउनुभएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ । विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ ।