६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिउ जियानचाओसँगको भेटबारे गगन थापा भन्छन् – बीआरआईबारे कुरा उठायौँ



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको भेटमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे कुराकानी भएको बताएका छन् ।

चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

उक्त भेटबारे विभिन्न अनुमानहरु बाहिरिएको भन्दै थापाले भेटमा भएको कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका छन् ।

उनले पाँचौं बुँदामा भनेका छन् ‘यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ ।’

थापाले लेखेका छन् –