५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाले सार्वजनिक गर्यो कहिल्यै नदेखिएको ब्रह्माण्डको यस्तो अचम्मको तस्बिर



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेबले ब्रह्माण्डको विशेष तस्बिर पठाएको छ ।

आज सम्म तपाईले ब्रह्माण्डको यस्तो अद्भुत तस्वीर सायद देख्नु भएको छैन । यो ब्रह्माण्डको पहिलो उच्च रिजोल्युसन भएको रंगीन तस्बिर हो । नासाको नयाँ टेलिस्कोप जेम्स वेब टेलिस्कोपले खिचेको ब्रह्माण्डको तस्विर सोमबार सार्वजनिक गरिएको छ ।

अमेरिकी राष्ट्रपति भवनको ह्वाइट हाउसको ब्रीफिङमा यो तस्वीरको बारेमा जानकारी दिइएको हो । अमेरिकी राष्ट्रपति भवनको तर्फबाट यो तस्बिर अचम्मको रहेको बताइएको छ ।

हजारौं आकाशगंगाहरूले भरिएको तस्बिरमा देखिएका वस्तुहरू नीलो, सुन्तला र सेतो रंगका छन् । ह्वाइट हाउसले जेम्स वेब टेलिस्कोप मानवजातिको सबैभन्दा ठूलो इन्जिनियरिङ उपलब्धि भएको बताएको छ । यस अनौठो तस्विरमा ब्रह्माण्डको गहिरो दृश्य देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जेम्स वेब टेलिस्कोपले पठाएको तस्विर सार्वजनिक गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक समारोहमा राष्ट्रपति बाइडेनले यो दिनलाई ऐतिहासिक भएको बताए । उनले विश्वको सबैभन्दा ठूलो र शक्तिशाली अन्तरिक्ष विज्ञान टेलिस्कोपले ब्रह्माण्डको इतिहासमा नयाँ उपलब्धी दिएको बताए ।

जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको बारेमा धेरै जानकारी र विवरणहरू भएको आकाशगंगाहरूको समूहलाई क्याप्चर गरेको छ । तस्वीरमा धेरै आकाशगंगाहरू सँगै देखिएका छन् ।




भर्खरै