• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट



चितवन । चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । यसअघि चितवनको टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाललाई भेट गरी यहाँको अवस्थाको बारेमा जानकारी गराएको थियो । यससँगै दाहालसहितको टोली आज प्रधानमन्त्रीलाई भेट्न पुगेको हो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र महानगर प्रमुख दाहालको रोहवरमा मुख्य सचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, निजी सचिवलगायत सरोकारवालालाई बोलाएर छलफल गरी तत्काल काम अघि बढाउन निर्देशन दिनुभएको छ । महानगर प्रमुख दाहालका अनुसार प्रधानमन्त्री देउवाले विमानस्थल विस्तार, क्रिकेट रङ्गशाला, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य र जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले निकै सकारात्मक भएर तत्काल कार्यान्वयनका लागि निर्देशन दिनुभयो ।”

महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाई हुने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाले विमानस्थल विस्तारका लागि निकै पहिलेदेखि पहल गर्दै आएको छ । भेटमा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रियसभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी हुनुहुन्थ्यो ।