२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सरकार खोज्दै सांसद: यो मुलुकमा सरकार छ र ? सासंद देवकोटा



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले मुलुकमा सरकार छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बैठकमा बोल्दै सासंद देवकोटाले आफूले पटक पटक सरकार खोजेको बताउनुभयो ।

“यो मुलुकमा सरकार छ कि छैन ? सरकार कसले चलाएको छ ? मैले बुझ्न सकेको छैन । ललितपुरको भैँसेपाटी जाने ५०० मिटर मात्र सडक छ । त्यो सडक बनाउन मैले दर्जनचोटि विभागीय मन्त्रालयका कर्मचारीलाई हार गुहार गरिसकेँ”,।

उहाँले भन्नुभयो, “यो विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, दुई चोटि अर्थमन्त्री हुनु भएका विष्णु पौडेल, तत्कालीन भौतिक योजनामन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री वामदेव गौतम हिँड्ने त्यो बाटो जम्मा ५०० मिटर छ ।

६ वर्षदेखि लथालिङ्ग छ, भद्रगोल छ र ५०० मिटर बाटो बनाउन कति पटक यो सरकारलाई भन्ने  यो मुलुकमा सरकार छ कि छैन ? हामीले कतिचोटि हारगुहार गर्ने ? यो विषयमा सम्बन्धित मन्त्रीले यो संसदमा जवाफ दिन अनुरोध गर्दछु ।