८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

पुस्तकको कुरा: नेपाल एन्ड नेबर्स: मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट

पुस्तकको कुरा: नेपाल एन्ड नेबर्स: मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट
अ+ अ-

भूमिगत कालमा अध्ययन र लेखनमा धसिएर लाग्ने हिजोका विद्रोहकालका नेताहरुले सत्तारोहण संगै अध्ययन र लेखनको काममा सामान्यतः अरुचि राखेको पाइन्छ ।

त्यतिमात्र होइन माओवादीसहित सबैजसो राजनैतिक दलका प्रायशः नेताहरुको सांसद र मन्त्री कसरी बन्ने, त्यसका लागि चुनाव कसरी जित्ने भन्ने उद्देश्यबाहेक अरु कुनै उद्देश्य राखेको देखिन्न । चुनाव जित्नका लागि नैतिक अनैतिक सबैखाले कर्महरुमा उद्धत रहने गरेको आजको राजनीतिको तीतो यथार्थ हो । माओवादी केन्द्रका नेता लक्ष्मण पन्तसहित औलामा गन्न सकिने त्यस दलका केही नेताहरु भने यसका अपवाद हुन् ।

नेपाल एन्ड नेबर्स: मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य बौद्धिक नेता लक्ष्मण पन्तद्वारा अङ्ग्रेजी भाषामा लेखिएको तेस्रो कृति हो । यस भन्दा पहिला लेखक पन्तका दुईवटा कृति – ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’ र ‘नेपाल भारत र छिमेक’ नेपाली भाषामा लेखिएका दुई कृति प्रकाशित छन् ।

अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनैतिक घटनाक्रमहरुका विषयमा गहिरो ज्ञान राख्ने लेखक पन्तले उक्त अंग्रेजी पुस्तकमा सार्कका सात मुलुकहरु र उत्तरी छिमेकी चीनमा बितेका दशकमा घटेका महत्वपूर्ण राजनैतिक घटनाहरुको विवरण र विश्लेषण पस्केका छन् । पुस्तकमा आठ अध्याय रहेका छन् । नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान,माल्दिभ्स र चीन प्रत्येक मुलुकलाई पृथक पृथक च्याप्टरमा समावेश गरिएको छ ।

सार्कका सबैजसो मुलुकहरुको भारतसितको खराब सम्बध किन छ र त्यसका कारणहरु के हुन भन्ने विषयमा पुस्तक केन्द्रित छ । पुस्तकको नेपाल खण्डमा भारतीय सत्तावृत्तको नेपालप्रतिको धारणा र आम नेपाली जनताको भारतप्रतिको धारणाको सविस्तार प्रसंग र सन्दर्भ सामग्रीसहित व्याख्या गरिएको छ ।

यस अतिरिक्त नेपाल च्याप्टरमा राजा महेन्द्र र बिरेन्द्रले मुलुकलाई भारतीय ध्रुवबाट पृथक गरेर स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा नेपाललाई खडा गर्न खेलेको भूमिकाको चर्चा गरिएको छ । ०४६ सालको लोकतान्त्रिक आन्दोलन, माओवादी जनयुद्ध, टनकपुरलगायत महाकाली सन्धि आदि बारेको विवरण यस अध्यायमा समेटिएको छ ।

कृष्णप्रसाद भट्टराईदेखि बाबुराम भट्टराईको पालासम्म आउदा पनि नेपाललाई हेर्ने भारतको दृष्टिकोण किन बदलिएन भन्ने बारेमा विस्तृत चर्चा नेपाल च्याप्टरमा गरिएको छ । बजार, सुरक्षा र जलस्रोत भारतको नेपालमा मुख्य चासोका रुपमा रहंदै आएको छ । यसका लागि भारत नेपालको ‘सान्ताक्लाज’ भएको सन्देश प्रवाह गरिराख्न भारतको नेपाल नीतिको मुख्य अंग हो । यस अतिरिक्त दरवार हत्याकाण्ड पछाडिका कारणहरुको विश्लेषणसमेत पुस्तकमा रहेको छ ।

पुस्तकको इन्डिया च्याप्टरमा नक्सलाइट आन्दोलन, गोर्खाल्याण्ड आन्दोलन, इन्दिरा गान्धीको हत्या, मोदी लहर आदि घटनाक्रमहरु समेटिएका छन् ।
पाकिस्तान च्याप्टरमा भारत पाकिस्तान सम्बन्ध र यसका पछाडि शत्रुता कारणहरुमाथि प्रकाश पारिएको छ । भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर भएको युद्धबारेमा पुस्तकमा चर्चा गरिएको छ । साथै जियाउल हक देखि परवेज मुसर्रफसम्मको सैन्य कू, बेनजिर भुट्टोको हत्या आदिबारे प्रकाश पारिएको छ ।

बंगलादेश कसरी निर्माण भयो त्यस्मा भारतको भूमिका कस्तो रह्यो र अब भारत बांग्लादेश सम्बन्ध किन सुमधुर छैन भन्ने विश्लेषण बंगलादेश अध्यायमा गरिएको छ ।

भुटान दक्षिण एसियामा भारतको अन्तिम मित्र हो भन्ने विषय र भुटानी शरणार्थीहरुको दुखद कथा र भारतको भूमिकाका बारेमा भुटान च्याप्टरमा प्रकाश पारिएको छ ।

चीनमा देंग शियाओ पिङको उदय, तियानम्यान चोकको विद्यार्थी आन्दोलन लगायतका विषयवस्तुहरु चीन च्याप्टरमा समेटिएका छन् । पुस्तक दुई सय जति सन्दर्भ सामग्रीहरुमा आधारित छ । अन्तर्राष्टिय सम्बन्ध विशेषतः सार्क मुलुक र चीनको राजनीतिमा रुचि राख्ने पाठकहरुका लागि लक्ष्मण पन्तलिखित पुस्तक सान्दर्भिक र महत्वपूर्ण छ ।

त्यसका अतिरिक्त यो पुस्तक राजनीतिशास्त्र र समाजविज्ञानका विद्यार्थी, शिक्षक र आम पाठकहरुका लागिसमेत उपयोगी रहेको छ । सरल अंग्रेजी भाषामा लेखिएको पुस्तकमा ५३९ पृष्ठहरु छन् । पुस्तकको मूल्य ७९९रहेको छ ।