८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

हतियार खरिदको श्रृंखला: सेना र प्रहरीका लागि खरिद गरिदै

हतियार खरिदको श्रृंखला: सेना र प्रहरीका लागि खरिद गरिदै
फाईल फोटो
अ+ अ-

काठमाडौ। सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार खरिद गर्न लागेको कुरा सार्वजनिक भएसँगै सडकदेखि सदनसम्म विरोध सुरु भएको छ ।

तर योभन्दा अगाडि नै सरकारले नेपाली सेनाका लागि भन्दै दुई अर्ब १७ करोड रुपैयाँ बराबरको सात हजार थान हतियार खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार यो हतियार खरिद प्रक्रिया अघि बढाउने फाइल रक्षा मन्त्रालयले निकै अगाडि तयार गरेको भए पनि मन्त्रिपरिषद्मा लैजाने समय पर्खिएको अवस्था छ । स्रोतका अनुसार ठूलाठूला निर्णयहरु गर्ने समयमा यो निर्णय पछि हुन्छ, सायद हुलमुलमा पारेर निर्णय गर्न खोजिएको होला ।

सरकारले नेपाली सेनाका लागि भन्दै सात हजार थान अमेरिकी हतियार किन्ने तयारी गरेको हो । विसं २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेको समयमा पनि सरकारले हतियार खरिद गर्न भन्दै एक अर्ब रुपैयाँ टिटी अर्थात विद्युतीय भुक्तानी गरेको थियो ।

सुरक्षा स्रोतका अनुसार जुन पार्टीलाई हतियारका लागि भुक्तानी गरेको हो सो वापतको पूरै हतियार आजसम्म आएको छैन । पुरानो भुक्तानीको हतियार नआउँदै सरकारले फेरि नयाँ खरिद प्रक्रिया अघि बढाएको हो ।

डलर सञ्चितिका लागि भन्दै सरकाले विलासिताका वस्तुसँगै अन्य केही वस्तुहरुको आयतमा रोक लगाउनुका साथै प्रतितपत्र खोल्न रोक लगाएको छ । तर त्यही सञ्चिति रहेको डलरबाट हतियार खरिदको प्रक्रिया अघि बढाउनु उपयुक्त नभएको रक्षा स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार हतियार खरिदका लागि केही रकम बैनाबापत भुक्तानीसमेत भइसकेको छ । टिटी गरेको रकम पठाउन केन्द्रीय बैंकले सहमति नदिएपछि मन्त्रिपरिषद्ले कार्यविधि नै परिमार्जनसमेत गरेको थियो । स्रोत भन्छ, “गभर्नरसँग सरकार यो विषयमा पनि असन्तुष्ट थियो सायद उनको बर्खास्तीमा यो निर्णयको पनि केही प्रभाव पर्यो होला ।”

बैंक ग्यारेन्टी बसेर रकम भुक्तान हुने प्रतीतपत्र ९एलसी० पद्धतिलाई पन्छाएर सरकारले सीधै बिक्रेतालाई नगद पठाएको हो । एलसी खोल्न खरिदसम्बन्धी आधिकारिक दस्तावेज भएपछि बैंक ग्यारेन्टी बस्छन् । तर दस्तावेज नै लुकाउने नियतले टिटीमार्फत भुक्तानी गरेको हुनसक्ने स्रोतले बताएको छ । टिटीमार्फत सिधै भुक्तानी गर्न मिल्छ ।

टिटीमार्फत पनि ३० हजार डलरसम्म मात्र भुक्तानी पठाउन मिल्ने नियम भएकाले मन्त्रिपरिषद्को बैठकले एक अर्ब रुपैयाँ नै टिटीमार्फत भुक्तानी गर्न पाउने निर्णय गरेको थियो ।

नेपाली सेनाले भने एलसीमार्फत नै भुक्तानी गर्न खोजे पनि सबै रकम अग्रिम भुक्तानी गर्न मिल्दैन भनी नेपाल राष्ट्र बैंकले भनेपछि मन्त्रिपरिषद्ले २०७६ वैशाख २३ गते सुरक्षा, सामरिक र प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि ९२०६४० नै संशोधन गरेर आवश्यकताअनुसार अग्रिम भुक्तानी दिन सक्ने व्यवस्था थप गरेको थियो ।