२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’



अ+ अ-

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताउनुभएको छ ।

नेपाली सेनाको काठमाडौँ–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उहाँले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।”

आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताउनुभयो । लेख रचना मूल्याङ्कन समितिका प्रा डा धु्रव कार्कीले सेनाले लेख रचनाको सङ्कलन र प्रकाशन गर्दा सेना र प्राज्ञिक क्षेत्रको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधान सेनापति शर्माले खुला सामरिक लेख रचना प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गर्नुभयो । आशिष अधिकारीको लेख पहिलो, वीरञ्ची पौड्यालको दोस्रो र अशोक ढकाल र सपना पाठकको लेख तेस्रो भएको छ । पुरस्कारको राशि पहिलो रु दुई लाख, दोस्रो रु एक लाख ५० हजार र तेस्रो रु एक लाख रहेको छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा सहभागी हुनुहुन्थ्यो ।