२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’



अ+ अ-

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताउनुभएको छ ।

नेपाली सेनाको काठमाडौँ–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उहाँले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

रणनीतिक र दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणको काम सेनाले अघि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा देखिएका समस्या अभिलेखीकरण गर्दै गहन सोध आवश्यक छ ।”

आयोजना प्रमुख विकास पोखरेलले विकास निर्माणसम्बन्धी लेखले नागरिक सैनिक सम्बन्ध बलियो बन्ने बताउनुभयो । लेख रचना मूल्याङ्कन समितिका प्रा डा धु्रव कार्कीले सेनाले लेख रचनाको सङ्कलन र प्रकाशन गर्दा सेना र प्राज्ञिक क्षेत्रको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधान सेनापति शर्माले खुला सामरिक लेख रचना प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार प्रदान गर्नुभयो । आशिष अधिकारीको लेख पहिलो, वीरञ्ची पौड्यालको दोस्रो र अशोक ढकाल र सपना पाठकको लेख तेस्रो भएको छ । पुरस्कारको राशि पहिलो रु दुई लाख, दोस्रो रु एक लाख ५० हजार र तेस्रो रु एक लाख रहेको छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा सहभागी हुनुहुन्थ्यो ।