• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छः शेखर कोईराला



file

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रिय समितिको बैठकका लागि केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता कोईरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनु भयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनु भयो ।

सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओलीजीको पालामा नै यो गलत प्रक्रिया हो । यसरी गर्नु हुँदैन भनेर भनेको । त्यो विधेयक लग्नै हुँदैन । त्यो त त्यसै फिर्ता गर्नुप¥यो । नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन ।

यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ । नागरिकतामा पनि हामी राजनीति गर्छौं । आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन् । तर उनका छोराछोरी नहुनु भएको यो त एकदम दुर्भाग्य हो । यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ ।’

डा. कोईरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेको बताउनु भयो ।