१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसक्यो, यसलाई कायम राखे देशमा हैजा फैल्याउँछ’

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसक्यो, यसलाई कायम राखे देशमा हैजा फैल्याउँछ’
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिनु भएको छ ।

वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँडन नसकिने अध्यक्ष ओलीको तर्क थियो । सोमबार ललितपुरमा आयोजित विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनु भयो । सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भईसकेकाले यसलाई कायम राखेर गए देशमा हंैजा फैल्याउने ओलीको भनाई थियो ।

उहाँले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गर्नु भयो । सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताउनुभयो । उहाँले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव यो गठबन्धनको सरकार चाँही चलेन, काम लागेन भन्ने स्पष्ट भयो । र, यसैलाई बोकि रहन चाँही अव उपयुक्त हुँदैन । यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ । तर निष्प्राण भयो । त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन । हानिकारक छ भने झन बोक्नु हुँदैन । यो त निष्प्राण पनि भईसक्यो र हानिकारक छ । यसले हैजा फैलाउँछ । यसले समाजलाई दुषित गर्छ ।

प्रयोजन सिद्धिसकेपछि जीवन्त नभईसकेपछि मरेको चिज बोकेर हिँडदाखेरी यो डेथ भईसक्यो गठबन्धन । देशका लागि यो मृत भईसक्यो । मृत भईसकेपछि सतिदेवीलाई शिवले काँधमा बोकेर हिँडदा भगवान शिवले बोकेर हिँड्दा त सतिदेवी काम लागिनन् भने यस्तो गठबन्धन बोकेर हिँडेर कुनै अर्थ छ ? यो कुनै काम आउन सक्छ ? यसको सबै अंग प्रत्यङग झेर एउटा अंग अस्ति झरेको देख्नु भयो । यसका अंगप्रत्यङग झर्दै जान्छन । भ्रष्टाचारी अंगहरु झरेर पीठ बन्छ ? त्यसकारण यो कुनै पीठ बन्नेवाला छैन । नकारात्मक दृष्टान्तहरु बन्छन । धब्बाहरु बन्छन । जहाँजहाँ यसका अंगहरु त्यो ठाउँ रुखो हुन्छ । त्यसकारण अव चुनावतर्फ देश जाँदा चुनावको सन्दर्भमा हामी प्रवेश गरिसक्यौं । त्यसकारण यस परमादेशी सरकारको कुनै अर्थ छैन । अहिले त्यत्ति भनौं बाँकि हामी सकेसम्म सहमतीको राम्रो बाटोमा जान चाहन्छौं । भएन भने पनि देशलाई कूबाटोमा जानबाट रोक्ने कोसिस गर्छौं ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दावी समेत गर्नु भयो । उहाँले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘यदि गठबन्धन जस्तो पनि गठबन्धन जसरी पनि बनाएहुन्छ भनेर एमाले ठान्थ्यो भने यो गठबन्धन उहिलेनै टुटिसक्यो । र, अर्को गठबन्धन बनिसक्थ्यो । नेकपा एमलेका निम्ति गठबन्धनको हेराफेरी सरकारको हेराफेरी आफ्नो भूमिकाको हेराफेरी होइन । देशमा जुन कुशासन छ, त्यसका ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिदैन । मुख्यकुरा सुशासन ल्याउने कुरा हो ।

लोकतान्त्रिक अभ्यासतर्फ देशलाई फर्काउने कुरा हो । मैले गठबन्धनहरु बनाएर हेरेको छु । चलाएर हेरेको छु । त्यसकारण गठबन्धन गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक परिवर्तन ल्याउन सकिन्छ, फेरबदल ल्याउन सकिन्छ र सरकार परिवर्तन गर्न सकिन्छ भन्ने कुरा होइन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो । फेरी उही कुरा दोहो¥याउने गरी अलिक दिनसम्म एउटा चिज ग¥यो । आजकाल अखवारहरुमा यसो देखिन्छ क्या । अलिक समय मानिसहरु एक खालको व्यवहार गर्छन अलिक पछि फेरी अर्कै खालको व्यवहार गर्छन । त्यसका पछाडि अर्कै कारण हुन्छ । एक पल्ट विहे हुन्छ अनि फेरी डिभोर्स हुन्छ । अनि फेरी विहे हुन्छ अनि डिभोर्स हुन्छ । त्यसका पछाडिको कारण डिभोर्स चाँही साँचो हुन्छ । बिहे चाँही नक्कली हुन्छ । त्यसकारण यो साँचो डिभोर्स गर्नका लागि नक्कली विहे गर्न एमाले हतार गर्दैन ।

अब गठबन्धन कति फलदायी हुन्छ भन्ने कुरा त अहिलेको सरकार जनताबाट खुईलिएको, जनताबाट कोपभाजन भईरहेको, घृणाको पात्र बनिरहेको कुराले बुझन सकिन्छ । सरकार मात्रै सब कुछ होइन । हामी विभिन्न देशमा हेरिराखेका छौं । जनताले घोक्र्याएर, मुन्टयाएर निकालि दिन्छन । कुरो कस्तो हुँदो रहेछ भने एलाईटहरुलाई मन परेन भने जनता त तिनीहरुले परिचालन गर्न सक्दैनन् । जनताबाट त हटाउन सक्दैनन् । अनि तिनीहरुले अर्को बाटो लिँदा रहेछन । अदालतको बाटोबाट हटाई दिने । अनि जनताले हटाउनु प¥यो भने चाँही राष्ट्रपति भवनमा गएर, प्रधानमन्त्री भवनमा गएर घेरेर, त्यहाँबाट निकालेर, ठाउँका ठाउँ राजीनामा गराउँदा रहेछन । त्यो हामीले विभिन्न देशमा देख्यौं । फिलिपिन्समा पनि उहिले देखिएको हो । इन्डोनेशियामा पनि देखिएको हो । इरानमा पनि उहिले देख्या हो ।

अहिले पनि हामी श्रीलंकातिर देखिराख्या छौं । यदि पपुलर हुन सकेन भने सरकार जनता आएभने अदालतले होइन, जनताले हटाउँदा रहेछन । जनताबाट हटाउन सकिएन भने, जालझेल गर्नु प¥यो भने अनेक ठाउँहरु निक्लिदा रहेछन । त्यो त हाम्रो अघि नै दृष्टान्तहरु छन नि त । जनादेशको उलंघन भयो भने, जनादेश विपरित चल्योभने जनता उर्लिदो रहेछ । जनादेशबाट हटाउन त के हल्लाउन पनि सकिँदैन भने अदालत सदालतको प्रयोग हुँदो रहेछ । यो त २०५२ सालमा पनि हामीले देखेका हौं । यो २०७८ सालमा पनि हामीले देख्यौं । गठबन्धननै सब कुछ हो, एकछिन सत्तामा पुग्नु नै सबकुछ हो भन्ने कुरा होर्ईन । हामी पायो भन्दैमा ३ माना चुक खाएर विरामी हुने अहिलेको गठबन्धन जस्तो होइनौं । त्यसकारण विचार गरेर मात्रै चल्छौं ।’

अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाउनु भयो । उहाँले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पार्नु भयो ।