साताको पहिलो कारोबारको दिन सोमवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आईतवार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन । सोमवार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ ।
त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहको पनि ५.१९ प्रतिशतले गिरावट आएको छ ।बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ । सोमवार कारोबारमा आएको ग्रामिण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।