• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

‘यौन हिंसामा संलग्नलाई कारबाही गर्ने व्यवस्था भएपनि कार्यान्वयन गर्न सरकार चुक्यो’



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानुनको ब्याख्या हुने गरेको टिप्पणी गर्नु भएको छ ।

सांसद सुवालले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकिएको दृष्टान्त पेश गर्दै यौन हिंसाका अपराधीलाई जोगाउने गरी कानुनको व्याख्या हुने गरेको बताउनु भएको हो । सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उहाँले विद्यमान कानुनमा पनि यौन हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्ने व्यवस्था भएपनि त्यसलाई कार्यान्वयन गर्न सरकारको नसकेको पटकपटक दोहोर्याउनु भयो ।

सांसद सुवालले यौन हिंसा हुन नदिनका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘निर्मला पन्तको बलात्कार पछिको हत्यारा खै ? कानुन त थियो । केही गर्न मिल्छ तर दोषी पत्ता लागेन । र, हाम्रो कानुनको व्याख्या गर्दा अपराधीलाई जोगाउने किसिमले भयो कि ? भन्ने प्रश्न उठेको छ । कानुन त छ–यो यौन हिंसाविरुद्धको । कार्यान्वयन भईरहेको छैन ।

यौन हिंसा आर्थिक, सामाजिक रुपले दूर्वलहरुविरुद्ध भएको हामी धेरै पाउँछौं । यसको अर्थ सांस्कृतिक र नागरिक समस्या नै देखियो । नागरिक भावनाको समस्या, मानसिक समस्या पनि देखियो यो यौन हिंसा र, यसलाई रोक्नका निमित्त हामीले अर्को पाटो पनि हेर्नु पर्छ । शिक्षालाई हामीले निःशुल्क ढंगले बन्दोबस्त गरिदियौ भने मानिस मानसिक रुपमाले सन्तुलित हुन्छ । र, यस्तो खराव यौनजन्य हिंसामा लाग्ने छैनन् । हामी यहाँ कानुन बनाउँदा खेरी हुन्छ भनेर कानुन बनाउछौं ।’

सांसद सुवालले यौनहिंसा हुन नदिन नागरिकलाई आर्थिक रुपले पनि सवल बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।