५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले हालै राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संविधानको अक्षर र भावन विपरीत विधेयक पेश भएको भन्दै विरोध गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “सत्तामा बस्नेहरुले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन ।”