• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने



file photo

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । ललितपुरको एक कार्यक्रममा आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विधेयक फिर्ता गर्ने बताउनुभएको महामन्त्री थापाको भनाइ थियो । उहाँका अनुसार प्रधानमन्त्री देउवाले गत बुधबार राष्ट्रियसभामा पेश गर्नुभएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ आज/भोलि नै फिर्ता हुनेछ ।

प्रधानमन्त्री देउवाले पेश गरेको सो विधेयक तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर ल्याइएको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ ।

पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा नेपाली कांग्रेसले विरोध गरेको उल्लेख गर्दै महामन्त्री थापाले संविधानविपरीत ल्याइएको सो विधेयकलाई कांग्रेसले नमानेको र परिषद्को बैठकमा पार्टी सभापति देउवाले भाग पनि नलिनुभएको स्मरण गर्नुभयो ।

उहाँले हिजोको गल्तीलाई आज सही भन्न नसकिने भन्दै त्यस्तो गल्ती गर्ने छुट नेपाली कांग्रेसलाई कदापि हुननसक्ने बताउनुभयो ।