• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट छिन्नलता पुरस्कार बितरण



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नु भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नु भएको हो । उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो ।

नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएरनै अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘म रचना गरिरहन सबैलाई आग्रह गर्दछु । हाम्रो साहित्यिक परम्परा, हाम्रो कवि परम्परा आजको होईन । यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं । गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिवद्ध हुनुहुन्छ । र, उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौंं । नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिवद्ध छन ।’

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताउनु भयो । उहाँले नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहो¥याउनु भयो । कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गर्नु भएको थियो ।