२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस कै कान्छो वडा उपसभापति बने सुसन



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताले सशक्त हस्तक्षेप गर्ने देखिएको छ ।

विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापतिहरू,उपसभापतिहरु सचिवहरु मा युवा निर्वाचित हुने क्रम बढेको छ । 

दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । जसलाई लिएर अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।

यसैक्रममा सल्यान का १८ वर्षका एक युवक वडा उपसभापति मा निर्वाचित भएका छन् । नेपाली कांग्रेस बनगाड कुपिन्डे नगरपालिका –०७ वडा समितिको उपसभापति मा सुसन के सि निर्वाचित भएका छन् ।

उनी देश कै सबैभन्दा कान्छो वडा उपसभापति भएको बताइन्छ । उनी नेविसंघ र तरुण राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।