२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान पुर्याउने विभिन्न स्रष्टा र सर्जकहरुलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कर, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कर, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कर तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कर प्रदान गरेको हो ।

विभिन्न नौ प्रकारका पुरस्कार ४३ जना स्रष्टाले प्राप्त गरेका छन् । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभएको हो । जनही नगद रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’(कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा. रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फ हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार भाषा एवं साहित्य विधामा धनकुटाका डा. यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा. हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापालाई प्रदान गरिएको छ ।

संस्कृति विधामा ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशीलाई प्रदान गरिएको छ ।

ललितकला विधामा क्रमशः छितेन शेर्पा झापा, पुनम कुमारीदेवी (दास) महोत्तरी, जवीन राजोपाध्याय काठमाडौँ, तिलकप्रसाद पुन पोखरा, खेमबहादुर विक रुपन्देही, कोशलकुमार हमाल मुगु र महेन्द्र पुन मगर डडेल्धुरा पुरस्कृत हुनुभएको छ । यस्तै सङ्गीत तथा नाट्य विधामा प्रदोशिक प्रतिभा पुरस्कारबाट सुगम पोखरेल मोरङ, रामनारायण ठाकुर, जनकपुरधाम, नवीन पौडेल काठमाडौँ, केशरी घर्तीमगर पोखरा, उन्नती बोहरा रुपन्देही, उत्तम शर्मा उत्तरगङ्गा र अम्बरबहादुर लामा डोटी पुरस्कृत हुनुभएको छ ।

महाकवि देवकोटा पुरस्कार बाट कविता/काव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्ध/समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना/नाटकतर्फ डा. पुष्करराज भट्ट कैलाली, बालसाहित्य/लोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरा पुरस्कृत हुनुभएको छ ।त्यस्तै भगत सर्बजित मानप मर्यादा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुनेहरुमामा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही नगद रु एक लाख र ताम्रपत्र रहेको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारअन्तर्गत कविता विधामा दाङ्का डा अमरराज गिरी र नाटक विधामा विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी मन्त्रालयले यसैवर्षबाट सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा डा त्रिरत्न मानन्धरलाई प्रदान गरिएको छ ।

 




भर्खरै