२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्लाका प्रजिअ एवं सहसचिव रुद्रा शर्माको कार्यसम्पादन उत्कृष्ट



अ+ अ-

काठमाडौंः
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७७/७८ को देशभरका प्रमुख जिल्ला अधिकारीहरु (प्रजिअ)को कार्यसम्पादन मूल्याँकन गरी नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौता बमोजिम देशभरका प्रजिअमध्ये गुल्मी जिल्लामा रहनु भएका प्रजिअ रुद्रादेवी शर्माले तृतीय स्थान हासिल गरी उत्कृष्ट कार्यसम्पादन गर्नु भएको गृह मन्त्रालयले जनाएको छ ।

गुल्मीमा हाल सहसचिव रुद्रा शर्मा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्छ ।

गृह मन्त्रालयले नतिजा सार्वजनिक गरेलगत्तै प्रजिअ शर्माले कार्यसम्पादनमा गुल्मी जिल्ला तेस्रो स्थानमा आएकामा खुशी लागेको जनाउँदै कार्यसम्पादनमा सहयोग गर्ने कार्यालयका कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद दिनु भएको छ ।

मन्त्रालयले मूल्याँकन गर्दा कार्यसम्पादन सम्झौताको छ विषयगत क्षेत्रहरु शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम नियन्त्रण र व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुशासनलाई ध्यानमा राखेको थियो ।

मन्त्रालयले गरेको समग्र मापनमा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्लाहरु अति उत्कृष्ट सहित प्रथम, ललितपुर र रुकुम (पश्चिम) उत्कृष्ट कार्यसम्पादन सहित द्वितीय तथा गुल्मी जिल्ला उत्कृष्ट कार्यसम्पादन सहित तृतीय भएको थियो ।

कार्यसम्पादनमा अब्बल देखिएका जिल्लाका प्रजिअहरुलाई प्रदेश स्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने पनि मन्त्रालयले जनाएको छ ।

साथै, उत्कृष्ट कार्यसम्पादन भएका जिल्लाहरुको संख्या ११ रहेको तथा उत्तम, मध्य र न्यून कार्यसम्पादन स्तर भएका जिल्लाहरु क्रमशः १८, २१ र २१ वटा रहेको पनि मन्त्रालयको भनाई छ ।

वि.सं. २०७५ देखि गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गरी सोको वार्षिक मूल्याँकन पद्धति विकास गरी कार्यान्वयनमा ल्याइएको छ ।