२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश: गगनले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफ्नो समर्थन रहने अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

अहिले महामन्त्री शर्मा अमेरिका भ्रमणमा छन् । कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्नियामा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले सांसद र मन्त्रीसमेत भइसकेका गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको बताए ।

५० वर्षमुनिको उमेर समूहबाट प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु स्वाभाविक भएको भन्दै उनले यसमा आफूहरुबीच जुनियर र सिनियरको कुरै नआउने बताए ।

महामन्त्री थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री बन्न कांग्रेसमा संसदीय दलको नेता बन्नुपर्ने भएकाले थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।