२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको आरोप र सभामुखको आक्रोश (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै  प्रमुख  प्रतिपक्ष दल नेकपा एमाललेले आफ्नो दल विभाजन गराउन सभामुखको भूमिका रहेको भन्दै वेल घेराउ गर्दे नाराबाजी गर्यो । राष्ट्रपति कार्यलयबाट प्राप्त भएको बैठक आव्हान सम्बन्धी पत्र सभामुख सापकोटाले पढे लगत्तै एमाले सांसदहरुले उठेर बिरोध जनाए । 

शुभकामना मन्तव्य समेत राख्न नपाउनु भएका सभामुख सापकोटाले बोल्नका लागि एमाले प्रमुख सचेतक बिशाल भट्टराईलाई समय दिनुभयो  । प्रमुख सचेतक भट्टराइृले एमालले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउदै त्यसको उत्तर नआउदा सम्म संसद चल्न नसक्ने बताउनुभयो ।  

उहाँले अदालतमा मुद्दा विचाराधीन रहेको र २८ गते अन्तरिम आदेशका लागि छलफलमा झिकाइएकाले १४ जना सांसद अनधिकृत भएको बताउनुभयो । उहाँले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति समेत जनाउनुभयो ।  

भट्टराईले बोले लगत्तै सभामुख सापकोटाले प्रश्नको उत्तर दिने भन्दै तयारी लिखित भाषण पढ्न सुरु गरे लगत्तै एमाललेका सांसदहरुले सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेपछि उहाँ आक्रोशित हुनुभएको थियो । चेतावनीको शैलीका सापकोटाले भन्नुभयो  ‘देशमा संविधान र कानून छ माननियज्यूहरु मर्यादावाहिर नजानु होला ।’    

प्रचलित कानुनका आधारमा निर्णय लिएको दाबी गर्दे उहाँले भन्नुभयो ‘हाल यो विषय सम्मानित अदालतमा विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’ सभामुख सापकोटाले  प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी समेत दिनुभएको छ ।