२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो बकर ईद (फोटो फिचर/भिडियो)



अ+ अ-

काठमाडौं । आईतबार (आज) मुस्लिम समूदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ ।

नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समूदायले सामूहिक रुपमा नमाज पढेर सो पर्व मनाउने गर्दछन । नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनु भयो ।

यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले आफूलाई जायज लागेका जनावरलाई बलि दिने प्रचलन रहको नेपाल मुस्लिम संघका पूर्ब अध्यक्ष एबं नेपाली काग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।

उहाँले बकर ईद पर्बको अबसरमा आम नेपालीको सुख संगै दिगो शान्ति र समृद्धित था शुसासनका लागि अल्लाह संग प्रार्थना गरिएको समेत जानकारी दिनुभयो ।

यसैबीच, नेपाल सरकारले यसै अवसर पारेर आज सार्वजनिक विदा समेत दिएको छ ।