२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोध राष्ट्रियसभामा पनि, बैठक ३० मिनेटसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभयो ।

त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिँदै बैठकमा एमालेले अवरोध जनाएको हो। 

यता प्रतिनिधिसभाको बैठकमा पनि एमालेले नारावाजी र रोष्टम घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।