५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० वर्षको उमेरमा फेरि पिता बन्दै पुटिन !



अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकपटक फेरि पिता बन्न सक्नेछन् र यो बच्चाकी आमा उनकी प्रेमिका हुनेछिन् । यो चकित पार्ने दाबी मिडिया रिपोर्टहरूमा गरिएको छ। पुटिनकी प्रेमिका एलिना काबाएभा (३९) पूर्व जिम्न्यास्ट हुन् र पुटिनको तेस्रो सन्तानकी आमा बन्न लागेकी छिन् ।

करिब ७० वर्षका रुसी राष्ट्रपतिले युक्रेनमा भएको हमलालाई लिएर अहिले विश्वव्यापी रूपमा व्यापक आलोचनाको सामना गरिरहेका छन् । धेरै रिपोर्टमा पुटिन र एलिनाका दुई सन्तान पहिलै जन्मिसकेका र अब उनले छोरीलाई जन्म दिने भएको दाबी गरिएको छ ।

डेलीस्टारले क्रेमलिनबाट अपडेट गरिएको वेब अकाउन्टलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । तर पुटिन यस समाचारबाट खुसी नभएको भनिएको छ र कथितरूपमा भनेका छन्, “मैले पर्याप्त बच्चाहरू जन्माएको छु र धेरै पहिले मेरा छोरीहरू छन्।”

ओलम्पिक स्वर्ण पदक विजेता तथा जिम्न्यास्ट एलिना र पुटिनको अफेयरको हल्ला बेलाबेलामा उडिरहन्छ । यद्यपि एलिना आफ्नो गोप्य सम्बन्धका लागि निकै चर्चित छिन् ।

फोटोग्राफरले भने– फुल अफ सेक्स !

एलिनाका सन् २०१५ मा स्विट्जरल्याण्ड र २०१९ मा मस्कोमा दुई छोरा भएको स्थानीय पत्रिकाले खुलासा गरेको थियो ।

मिरर रिपोर्टका अनुसार एलिना रुसमा क्रेमलिन समर्थक मिडिया समूहकी प्रमुख हुन् र रुसका शीर्ष सेलिब्रेटीहरूमध्ये एक हुन्। रुसी फोटोग्राफर मिखाइल कोरोलोभले फोटोसुटमा खिचेपछि उनलाई ‘फुल अफ सेक्स’ भनेका थिए।

रुसकी प्रमुख हस्ती हुन् एलिना

जिम्न्यास्टको खेलबाट सन्यास लिएपछि एलिना राजनीतिमा प्रवेश गरिन्। यति मात्र होइन एलिना पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसद पनि बनिन् ।

द सनको रिपोर्टअनुसार पुटिनकी प्रेमिका एलिनाले एक म्यागजिनका लागि आफ्नो अर्धनग्न तस्विर खिचाएकी थिइन् । एलिनाले पनि गायिका बन्ने धेरै प्रयास गरिन् तर सफल हुन सकिनन् ।

सन् २००७ देखि सन् २०१४ सम्म एलिना रूसी संसद्को तल्लो सदनको उपराज्य ड्यूमा रहिसकेकी छन् । साथै सेप्टेम्बर २०१४ मा एलिनालाई रूसको राष्ट्रिय मिडिया समूहको निर्देशक बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको थियो।

गोप्य जीवन जिउँछन् पुटिन

युक्रेनमा रुसले आक्रमण गरेपछि पश्चिमी देशहरूले पनि एलिनामाथि प्रतिबन्ध लगाएका छन् । अत्यधिक गोप्य जीवन बिताएका पुटिनले आफ्ना कति सन्तान छन् भन्ने कुरा सार्वजनिक रूपमा कहिल्यै स्वीकार गरेनन्।

तर पूर्वपत्नी ल्युडमिला ओचेरेटनायाबाट पुटिनका छोरीहरू धेरै प्रसिद्ध छन्। पुटिनका दुवै छोरी व्यापारी मारिया भोरोन्टोभा र कटरिना तिखोनोभा उच्च प्रोफाइल महिला हुन्।

 

 




भर्खरै