२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बिच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाउनुभयो । 

जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहनुभएको छ । 

सभामुख सापकोटाले आफु संविधान, नियम, कानून र ऐन अनुसार अगाडी बढ्न प्रतिवद्ध रहेको र आफुले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।