२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : विश्व स्वास्थ्य सङ्गठन

कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : विश्व स्वास्थ्य सङ्गठन
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ ।

क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भन्नुभयो, “महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्याहरूसम्म पुग्नका लागि”।

महामारीको प्रारम्भसम्ममा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशकले डिटिपि ३ खोपको कभरेज ९१५ पुर्‍याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताउनुभयो । ११ मध्ये १० देशहरूले डिटिपि३ खोपको कभरेज ९०५ भन्दा बढी हासिल गरिसकेका थिए ।

यस क्षेत्रका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएका भएता पनि यस क्षेत्रको डिटिपि कभरेज ८५५ मा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ । त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ । कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ ।

“कोभिड–१९पुर्‍याएको क्षतिलाई तुरुन्त क्षतिपूर्ति गर्नुपर्ने, गत दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयस्कहरूलाई जीवन रक्षक खोपहरूद्वारा संरक्षण दिनुपर्ने आवश्यकता छ,” डा। खेत्रपाल सिंहले भन्नुभयो ।

हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरू तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।

कोभिड–१९ विरुद्धको खोप सम्बन्धी प्रयासहरूलाई असर नपारिकन नियमित खोप कार्यक्रमहरूलाई कायम राख्न तथा अभिवृद्धि गर्नका लागि हामीसँग रणनीतिहरू भएको सुनिश्चित गर्नुपर्ने डा. सिंहले बताउनुभयो ।

नियमित खोप कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि पर्याप्त जनशक्ति, खोप सेवाहरूको पहुँच गर्नका लागि मानिसहरूमा आत्मविश्वास अभिवृद्धि गराउने प्रयासहरू र बन्दाबन्दीको अवधि सकिनासाथ तुरुन्त खोप सम्बन्धी क्रियाकलापहरूलाई विस्तार गर्नका लागि मानक सञ्चालन कार्यविधि जस्ता कुराहरू सुनिश्चित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

“यस खाकाको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक तथा कार्यक्रमिक प्रतिबद्धता र साझेदारहरूको सहकार्य आवश्यक पर्नेछ जसका लागि विश्व स्वास्थ्य सङ्गठन प्रतिबद्ध छ,” क्षेत्रीय निर्देशकले भन्नुभयो ।

यस क्षेत्रका देशहरूले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्नका लागि अभूतपूर्व प्रयासहरू गरिरहेका छन् र हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ । हालैका हप्ताहरूमा भएको थप खोपको उपलब्धताले खोपको विस्तारमा सहयोग पुगेको छ ।

महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलित तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ । पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन् । चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारणले गर्दा गत  वर्षदेखि भर्चुअल्ली गरिँदै आइएको छ ।