• २२ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 4 2024
  •   Unicode
Logo

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई



PgPkmlkh] km’6;n sf7df8f}+ c;f/ @% M /fli6«o kmf]6f]kqsf/ ;d”x -PgPkmkLh]_ g]kfn4f/f sf7df8f}{+df cfof]lht km’6;n k|m]08nL Dofrdf ePsf] km’6;n k|ltof]uLtsf] pkfwL ljh]tf xfd|f] km’6;n kqsf/ l6dnfO{ 6«lkm x:tfGt/0f ub}{ ;:yfsf cWoIf k|bLk/fh jGt . t:jL/ M rGb|snf If]qL÷ /f;;

काठमाडौं । एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो ।

स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार सङ्घ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहाभागिता थियो ।

त्यसैगरी दोस्रो चरणमा जितेर आएको छ टिम खेलेका थिए । सेमिफाइलनमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधैँ फाइनलमा पुगेको थियो ।

धादिङ टिमलाई दुईका विरुद्ध चार गोलअन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टिमले उपाधि हात पारेको थियो । प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५औँ स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रममा विजबजार डटकम र स्वस्तीश्री गुरुकूल स्कुलको सहयोग थियो ।