• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

‘सोमपाललाई पुजारीले टिका नलगाइदिएको’ भन्ने विवाद के हो ?



काठमाडौँ । आइसिसि टि २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

यसैबीच सामाजिक सञ्जालमा नेपालका फास्ट बलर सोमपाल कामीलाई जातिय विभेद गरियो, उनलाई किन टिका लगाईएन् ? भन्दै विभिन्न टिकाटिप्पणी गरिएको छ । मन्दिरले ‘कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप टिप्पणी उठिरहेका छन् ।

अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टले यसबारे खण्डन गर्दै त्यसखाले कुनैपनि क्रियाकलाप नभएको जानकारी दिएका छन् । उनले प्रस्ट पार्दै भनेका छन् – ‘क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।’

उनले अगाडि भनेका छन् – ‘पछि अरु खेलाडी र प्रशिक्षक पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।’

नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

पत्रकार भट्ट लेख्छन् –

सोमपाल सन्दर्भ के होः
सामाजीक सन्जाल भनेको भेडाहरुको मात्र वाहुल्यता रहने ठाउँ हो ? पक्कै होइन । तर ठ्याक्कै २४ घण्टा अघि भएको एउटा सन्दर्भलाई लिएर ‘मन्दिरले कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका रहेछन् ।

यहाँ टेक्ससमा भरखर बिहानको ७ बज्यो । निद्राबाट उठ्दा नेपालबाट कैयौ कलहरु, मेसेजहरु रहेछन् त्यहि सन्दर्भलाई लिएर । सबैलाई मेसेज लेखेर र कल गरेर सम्भव भएन । म आफैँ घटना र सन्दर्भसँग प्रत्यक्षदर्शी भएकोले केहि वास्तविकता लेख्दैछु ।

१. क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।

२. पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।

३. खेलाडीहरु आफैँ खेल जिताईमाग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

४. नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौँ । उनको निधारमा भएको टिका कहाँबाट आयो रु भेडाहरुले दिमाग़ लगाउन् ।

अझै चित्त नबुझेमा म त्यहि भएको प्रत्यक्षदर्शीलाई सोध्नुस् । एउटा फेसबुक लाईभलाई आधार बनाएर भेडा नबनौँ । नेपाली टिमको सफलताको कामना गरौँ