• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी

पूर्वप्रधानमन्त्री आबेको पार्थिव शरीर टोकियो ल्याइपुर्याइयो, मंगलबार अन्त्येष्टि गरिने



एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उहाँको गृहनगर टोकियो ल्याइपुर्याइएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उहाँमाथि गोली हानी हत्या गरिएको थियो ।

गोली लागि घाइते लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पुर्याइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः०३ बजे उहाँको मृत्यु भएको घोषणा गरिएको थियो ।

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोकियो आउनुभएको अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । उहाँले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई भेटी समवेदना अर्पण गर्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवङगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या को प्रयास गरेको आशंकामा पक्राउ गरी सोधपुछ जारी राखेको छ ।

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गर्नुभएको छ । साथै,उहाँहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवङ्गत नेताप्रति श्रद्धसुमन अर्पण गर्नुभएको छ ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भन्नुभएको थियो ।

किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाह नभएको पनि उक्त सम्बोधनमा बताउनुभएको थियो । साथै, उहाँले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभाबका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध गर्नुभएको थियो ।