२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रा रिसालको निवन्ध सङ्ग्रह ‘आश्चर्य’ सार्वजनिक



अ+ अ-

काठमाडौँ  : प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित निबन्ध सङ्ग्रह ‘आश्चर्य’ आज सार्वजनिक भएको छ । भर्चुअल प्रविधिद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले आज सो निबन्ध सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।    
    
 आश्चर्य निबन्ध सङ्ग्रहमा दार्शनिक, आध्यात्मिक र साहित्यिक विधाका गरी ३४ ओटा निबन्ध संलग्न छन् । नेपाली भाषा र साहित्यका प्राध्यापक रिसालद्वारा लिखित सो निबन्ध सङ्ग्रहमा आश्चर्य नामको एक निबन्ध छ र यसमा उहाँले सृष्टि, पृथ्वी, मानवीय उत्पत्ति र यो संसारलाई नै एक आश्चर्यका रुपमा प्रस्तुत गर्नुभएको छ ।    
    
 सो कार्यक्रममा प्रा डा गुरुङ, अर्का प्राध्यापक गोपीकृष्ण शर्मा, स्वाध्याय कार्यक्रमका संयोजक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र उक्त निबन्ध सङ्ग्रहका प्रकाशक अनन्तगोपाल रिसालले सो निबन्ध सङ्ग्रह नेपाली भाषा साहित्य र अध्यात्मको एक सङ्गम हो भन्नुभयो । उहाँहरुले प्राध्यापक रिसालले ८५ वर्षको उमेरमा पनि पुस्तक प्रकाशन गरेर नेपाली भाषा, संस्कृति तथा आध्यात्मिक ज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको बताउनुभयो ।    
    
 प्राध्यापक शिवगोपाल रिसालको यो ७३औँ कृति हो । उहाँले यसअघि नेपाली भाषा र साहित्य, अध्यात्मिक ज्ञान र नेपाली संस्कृति विषयमा पुस्तकहरु लेख्नुभएको छ । रासस      
–––