२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाले पदीय दूरुपयोग गरे : बिष्णु पौडेल



अ+ अ-

बुटवल। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले सभामुख अग्नीप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिनु भएको छ । 

आफ्नो दलले कारबाही गरेर निस्काशन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दूरुपयोग गरेको उहाँको आरोप छ । बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । 

उहाँले दलको ह्वीप उलंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको ? भनि सभामुख सापकोटालाई प्रश्न समेत गर्नु भयो । पूर्व अर्थमन्त्री समेत रहनु भएका उहाँले भन्नु भयो, ‘नेकपा एमालेको संसदीय दलमा अनुशासन उलंघन गरेका, पार्टीको ह्वीप उलंघन गरेका सदस्यहरुलाई, आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टिकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागू नगर्ने अधिकार सभामुखलाई छैन । यसरी पदको दूरुपयोग गरेर नेकपा (एमाले) लाई विभाजनमा ल्याउने काम पदको दूरुपयोग गरेर जुन खालको क्रियाकलाप भएका छन । सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द हुनुपर्छ । यो कुनै पनि मानेमा मान्य हुन सक्दैन ।’
उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दावी गर्नु भयो । उहाँले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताउनु भयो ।