२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाका जनप्रतिनिधि एकीकृत समाजवादीमा



अ+ अ-

दोलखा । नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिका सदस्य कुलबहादुर विक, शैलुङ गाउँपालिका–६ फस्कुका वडा सदस्य भुवनसिहं थापा र भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक धनुके रहेका छन् ।

एकीकृत समाजवादी दर्ता भए पनि दोलखामा पार्टी विभाजनले खासै असर देखिएको छैन । एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेशसभा, सात गाउँपालिका, दुई नगरपालिका र ७४ वडामा एमालेबाट निर्वाचित बनेका जम्मा सात जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।