• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सर्वोच्चले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्ने



काठमाडौं । सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ ।

सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फस्र्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना मुद्दाहरु शुन्यमा पु¥याउने लक्ष्य राखेको बताएको छ । मुद्दाहरुलाई शुन्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फस्र्याैट गर्नुपर्ने अदालतले बताएको छ ।

पुराना मुद्दाको चाप घटाउन शुक्रवार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालत मा ५ वर्षसम्म रहेका मुद्दाहरुलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताउनु भयो । पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाई समेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शुन्यमा झार्नेगरी काम हुने बताउनु भयो ।

सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाहरुको पेसी पुनः स्थगीत नहुनेगरि तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ । पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भुमिका खेल्नुपर्ने बताउनु भयो ।

यस्तै सर्वोच्च अदालतमा कानून व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बन्नु भएकाहरुको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ । यस्तै निवेदन तहका मुद्दाहरु दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाईमा लैजाने गरी काम गर्नेपनि सर्वोच्च अदालतले बताएको छ । सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरुको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ ।