२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

बिनाधितो ६७ लाख सहुलियत कर्जा

बिनाधितो ६७ लाख सहुलियत कर्जा
अ अ+ अ-

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो ।

प्रतिउद्यमी रु पाँच लाखका दरले कर्जाको रकम उपलब्ध गराइएको छ । पहिलो चरणमा छनोट भएको १४ जनालाई आज नगरप्रमुख सुरेन्द्र बिष्टले चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसमा बैँकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित सुमदाय व्यवसाय विकासका लागि कर्जाको रकम  उपलब्ध गराइएको छ ।

बैंकले पहिलो चरणअन्तर्गत रु ६७ लाख ४० हजार कर्जा लगानी गरेको बैंकका शाखाप्रमुख महेशराज जोशीले बताउनुभयो । उहाँका अनुसार बैकले दीपेश केरा फार्मलाई रु दुई लाख ५० हजार, रोजी पोल्ट्री फार्मलाई रु चार लाख ९० हजार र अन्य व्यावसायिक फार्मलाई पाँच÷पाँच लाखका दरले कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरिएको छ । नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ । 

गत वर्ष बैंक र नगरपालिकाबीच मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ऋण प्रभाव तथा व्याज अनुदानसम्बन्धी सम्झौता भएको थियो । उद्यमी युवालाई कर्जा रकमको चेक हस्तान्तरण गर्नुहुँदै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताका विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

“सीप भएका र केही गर्ने इच्छा भएका युवाले पूँजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ,” नगरप्रमुख विष्टले भन्नुभयो, “नगरपालिकाले व्यवसाय सुरुआतसँगै त्यसको प्रवद्र्धनका लागि लगानीस्वरुप ऋणमा व्याज अनुदान सहयोग गरेको छ ।” सबैलाई उत्पादनसँग जोड्न सके नगर समृद्धिमा अगाडि बढ्ने उहाँको भनाइ रहेको छ ।