२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक फिर्ता



अ+ अ-

काठमाडौं । सरकारले संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गरे संगै बिधेयक फिर्ता भएको छ । गृहमन्त्री खाँडले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको जानकारी गराउनु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता वितरणमा भइरहेको बाधालाई पन्छाउनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट फिर्ता लिएको जानकारी गराउनु भयो ।

गृहमन्त्री खाँणले प्रतिनिधि सभामा अहिले भएको नागरिकता सम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको बताउनु भयो । उहाँले नागरिकता वितरणमा भइरहेको बाधा पन्छाउनका लागि विधेयक फिर्ता लिएको बताउनु भयो । उहाँले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा पेस हुनेपनि जानकारी गराउनु भयो । उहाँले नागरिकताको कारणले राष्ट्रवादलाई बलियो बनाउन सकिनेमा विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले सबै राजनीतिक दलहरुले अब संसदमा पेश हुने नागरिकता सम्बन्धी विधेयकलाई सहमतीमा पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीले सबै राजनीतिक दलहरुको सहमतीमा पास गर्नसकौँ । शीघ्र पास गर्नसकौँ भन्ने नै सरकारको मुल ध्येय हो । यस सन्दर्भमा सदनका सबै राजनीतिक नेताहरुसँग, प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग पनि हामीले बारम्बार आग्रह गरिराखेका छौँ । अहिलेको यो अवस्थालाई हामीले गाँठो फुकाउँ ।

यो हाम्रो राष्ट्रिय समस्या नै भइसक्यो । नागरिकताबाट वञ्चित भएकाहरुलाई हामीले नागरिकता दिलाऔँ । हाम्रो सदन सबै नेपाली नागरिकहरु चाहे हिमाल, पहाड वा तराईमा बस्ने । पूर्व मेची पश्चिम महाकाली सबै नै राष्ट्रवादी हुनुहुन्छ । सबैको मुटुमा राष्ट्रवाद छ । हामी सबैले नै नेपाल सम्हाल्ने हो । त्यसकारणले नागरिकताको कारणले अझै राष्ट्रवाद बलियो हुन सकोस् । युवाहरुको मन, मस्तिष्कमा अहिले जुन खालको दुविधा छ, फ्रस्टेशन छ नागरिकता नपाएर । उनीहरुलाई नागरिकता दिन सकियोस् । त्यसका लागि नै हामीले यो विधेयकलाई फिर्ता लिएर अर्को विधेयक प्रश्तुत गर्नका लागि नै हामीले गृहकार्य गरेको हो । आजै नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक बस्नेछ ।

आजै नागरिकता विधेयक फेरि प्रश्तुत हुनेछ । त्यो विधेयकमा जुन खालका माननीयज्यूहरुले चासो राख्नुभएको छ, ति चासोहरुलाई गम्भिरतापूर्वक नै सम्बोधन गरिनेछ । यो अहिले यत्तिकै यथास्थितिमा बसिरहँदा नागरिकता वितरण गर्ने काममा बाधा उत्पन्न भएको कारणले बाधा पन्छाउनका लागि नै फिर्ता लिएको हो । त्यसको लागि सार्थक प्रयत्न गर्नका लागि फिर्ता लिएको हो ।’

उहाँले सरकारले पेस गर्ने नागरिकता सम्बन्धी विधेयक पूर्ववर्ति विधेयकलाई नै मुल आधार बनाएर ल्याइने बताउनु भयो ।  यो बिधेयक २०७५ साल साउन २२ गतेदेखि विचाराधीन अबस्थामा रहेको थियो ।