१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै



अ+ अ-

काठमाडौं । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल बेलुकी पाँच बजे सुरु हुने भएको छ । दशरथ रंगशालामा शुरु हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए । 

दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको छ । खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।