• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

बुढीगंगा नगरपालिकाको मतगणना सुरु



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार सम्पन्न मतदानको गणना सुरू भएको छ ।

आजै बिहान सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकपछि वडा नम्बर ५ मा रहेको भानोदय माविमा मत गन्न थालिएको हो ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

बिहीबार सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । एमालेबाट प्रमुखको उम्मेदवारमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती रहेका छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही चुनावी मैदानमा छन् ।