२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिपमा नेपालले राम्रो नतिजा ल्याउँछ: मेघराज केसी (भिडियोसहित)



अ+ अ-

काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यती बेला युवा टोली बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहेनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो ।

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीब्रता दिइरहेका हुन् र मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ । खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहेनते गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए ।

प्रशिक्षक केसीले खुला प्रतिष्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । अघिल्लो साता मात्र ११ खेलाडीलाई बिदाई दिएका केसीले अहिले ३० खेलाडीलाई प्रशिक्षण गराईरहेका छन् । टोलीले बिहान र बेलुका गरी दुई सेसनमा प्रशिक्षण गरिरहेका छन् । कडा मिहेनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो ।

कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु–२० समूहलाई सहयोगी टोली खुला प्रतिष्पर्धाबाट लिएको थियो । छनोट हुँदा केही सहिद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरुको संयोजन भएको छ । बनेको टोलीलाई साफ यु–२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनु पर्ने बाध्यता अहिलेको अवस्था रहेको प्रशिक्षक केसीले बताए ।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।