८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जानकी मन्दिर संरक्षणमा अघि बढ्नेछौँ’



अ+ अ-

जनकपुर । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले जनकपुरमा अवस्थित रामजानकी मन्दिर संरक्षणमा अघि बढ्ने बताउनुभएको छ ।

हिन्दू परिषद् नेपाल र मिथिला संस्कृति समाज नेपालले आज आयोजना गरेको ‘जानकी मन्दिरको वर्तमान अवस्था’ विषयक कार्यक्रममा उहाँले केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिन अघि सञ्चारमाध्यममा आएको समाचार सही हो र सो सामग्री कसरी हरायो त भन्ने बुझ्न अतिनै जरुरी देखिन्छ ।” सो मन्दिरको जग्गा जमिन तथा अन्य आय स्रोतसमेत रहे पनि मन्दिरको अवस्था दयनिय भइरहेको कुरा सुन्ने गरेको धारणा राख्दै उहाँले अवस्था बुझ्न पुरातत्व विभागलगायत गुठी संस्थान तथा सम्बन्धित क्षेत्रका स्थानीय निकाय र आयोग भएर चासो दिइने बताउनुभयो ।

आयोगका सचिव अञ्जन मिश्रले जानकी मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढाउन राम मन्दिर तथा गङ्गाका साथै धनुषसागरलगायतका क्षेत्रमा पर्यटकले सजिलै जान सक्ने वातावरण तयार पार्नका लागि सो स्थानमा सूचना पाटीको आवश्यकता देखिएको सुनाउनुभयो । विभागका अधिकृत मञ्जुसिंह भण्डारीले जानकी मन्दिरको वास्तुशैली मुलुकमा एकदमै नौलो रहेको जानकारी गराउँदै हाल सो मन्दिर मौलिकता भन्दा पनि सौन्द्रर्यीयकरणले भरिँदै गएको पाउँदा भावि सन्ततिलाई मन्दिरबारेमा के सन्देश दिने भन्ने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मन्दिर मर्मत तथा सुधार गर्दा विभागको राय अनि सल्लाह र सुझाव लिएर गर्न सबै व्यक्तिलाई अनुरोध गर्दछु ।”

हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले मुलुकको आस्थाको धरोहरका रुपमा मिथिलाको रामजानकी मन्दिर रहेको चर्चा गर्दै हालसम्म सो मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत नहुनुको कारण विभाग र गुठी संस्थानको कमजोरी रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विभाग र आयोग अझै पनि रामजानकी संरक्षणको कार्यमा उन्मुख नहुने हो भने यस मन्दिरको अवस्था दयानिय बन्दै जानेछ ।”

परिषद् नेपालका सल्लाहकार डा सवरी शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि जानकी मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको बताउँदै सो मुलुकको सम्पत्ति लामो समयसम्म जीवित राख्न सम्बन्धित निकायबीच व्यापक छलफल हुन जरुरी रहेको आँैल्याउनुभयो ।

सो कार्र्यक्रममा आज आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा जानकी मन्दिरबाट अर्बौं मूल्य बराबरको गहना हराएको सूचना सार्वजनिक गर्नाका साथै जानकीको शोभाका रुपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजूरसमेत गायब भएको तथा मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गााको कलात्मक सिंह जोडीको हीरा जडित आँखा निकालिएको एवं गौलोचन, गजमणि, स्यालको सिङ मन्दिरमा रहेको तर त्यसको कुनै अभिलेख हाल नराखिएको उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा जानकी मन्दिरभित्र क्यामेरा, मोबाइल, जुत्ताचप्पल, छालाका पेटीका साथै मन्दिर वरपर माछा मासु बेचबिखनमा समेत रोक्न ध्यान दिनुपर्ने बताइएको थियो ।