२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको सुरक्षा व्यवस्था कडा, चोक चोकमा प्रहरी



अ+ अ-

काठमाडौं ।  काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहिबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । 

एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरु थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।

एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन् ।