२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजले विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् : प्रदेश प्रमुख कलौनी



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कामना गर्नुभएको छ । 

नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका तीज २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं प्रदेशवासी महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले सबै प्रकारका असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नुभएको छ, “नेपाली महिलाले आफ्नो सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै हरेक वर्ष भदौ शुक्लपक्ष तृतीयाका दिन उपवास (व्रत )बसी एक सनातन सांस्कृतिक पर्वको रुपमा यसलाई हर्षोल्लासपूर्वक नाचगानका गरी मनाउने गरिन्छ, तीजलगायत सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास गरेको छु ।”

तीज मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्न तथा सांस्कृतिक महत्व जोगाउन आग्रह गर्दै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन सरकारले लागू गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमको पालना गरी तीज मनाउन सबैमा अपिल गर्नुभएको छ ।