२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजले विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् : प्रदेश प्रमुख कलौनी



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कामना गर्नुभएको छ । 

नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका तीज २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं प्रदेशवासी महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले सबै प्रकारका असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नुभएको छ, “नेपाली महिलाले आफ्नो सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य र दीर्घायूको कामना गर्दै हरेक वर्ष भदौ शुक्लपक्ष तृतीयाका दिन उपवास (व्रत )बसी एक सनातन सांस्कृतिक पर्वको रुपमा यसलाई हर्षोल्लासपूर्वक नाचगानका गरी मनाउने गरिन्छ, तीजलगायत सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास गरेको छु ।”

तीज मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्न तथा सांस्कृतिक महत्व जोगाउन आग्रह गर्दै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन सरकारले लागू गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमको पालना गरी तीज मनाउन सबैमा अपिल गर्नुभएको छ ।