२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहानबाटै बुढीगंगाको मतगणना थालिने



अ+ अ-

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुनः मतदानको गणना बिहानैदेखि थालिने भएको छ ।

त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

बिहीबार सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । एमालेबाट प्रमुखको उम्मेदवारमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती रहेका छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही चुनावी मैदानमा छन् ।