२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न



अ+ अ-

लन्डन । भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । 

लण्डनस्थिति नेपाली दूताबासमा संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनबीचको बैठक सम्पन्न भएको हो ।

बैठकमा भूपू गोर्खाको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधि सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि समिति गठन, वार्ता समितिका शर्त एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । 

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बिजीडब्लीएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केशबहादुर गुरूङ, गोर्खा पेन्सन इन्जस्टिक ग्रुपका अध्यक्ष उदयबहादुर गुरूङ, युबिजीनका अध्यक्ष राम राई, आमरण अनशनमा बस्नुभएका गोर्खा सत्याग्रहका तीन जना प्रतिनिधि ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, गोर्खा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्न बहादुर गोदारको उपस्थिति थियो । 

गत महिना गोर्खा सत्याग्रह संघर्ष समितिको पहलमा भएको आमरण अनसन तोड्दा बेलायत सरकारले गोर्खाहरुको मागका सम्बन्धमा नेपाल सरकार र गोर्खासमेतसँग वार्ता गर्ने प्रतिबद्धता गरेको थियो । डिसेम्बर महिनाभित्रै दुई देशबीचको वार्ता गर्ने र त्यसको तयारीस्वरुप सेप्टेम्बर ८ मा पहिलो बैठक गर्ने सहमति त्यतिबेलै गरिएको थियो र सोही वाचाअनुरुप बुधबारको बैठक सम्पन्न भएको दूताबासले जनाएको छ ।