२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरण: संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान- समिति सदस्यहरु



अ+ अ-

काठमाडौं ।पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले आफूहरुले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य रहेको बताउनु भयो । उहाँले कानून र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताउनु भयो । उहाँले आफूहरुलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुप¥यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनुछैन । कोही दोषी फलानो होस् भन्ने कुरा होइन, सिस्टमलाई हामीले कसरी सम्हाल्ने र सिस्टमप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ । जसले त्यो ठाउँमा भएर राज्यको प्रतिनिधित्व गर्दा नियम, कानूनहरुको परिपालना गरेन । त्यो नगर्दाखेरी र बलमिच्याँई गरेर ठाडो चुनौती दियो । त्यो कुरा अक्षम्य थियो । व्यक्ति कानूनभन्दा माथि हुँदैन । संविधान भन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौँ ।’

त्यसैगरी संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताउनु भयो । उहाँले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडी बढाउने जानकारी दिनुभयो ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो ।




भर्खरै